Logo

कांग्रेस केन्द्रीय समिति बैठकः प्रत्येक २/२ महिनाको पहिलो हप्ता बैठक राख्न प्रस्ताव



काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठकमा छलफलका लागि विभिन्न १० वटा एजेण्डा तय भएका छन् । कांग्रेसको विधानमा प्रत्येक दुई/दुई महिनामा बैठक बस्नुपर्ने व्यवस्था भएपनि झण्डै १ वर्षपछि केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

विधानको व्यवस्था बमोजिम केन्द्रीय समितिको बैठक कम्तिमा पनि प्रत्येक २/२ महिनामा राख्न महामन्त्री गगन थापाले बैठकमा प्रस्ताव पेश गरेका छन् । साथै विधानको व्यवस्था बमोजिक वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर राख्न पनि उनले प्रस्ताव गरेका छन् ।

साउन, असोज, मंसिर, माघ, चैत्र र जेठको पहिलो हप्ता केन्द्रीय समिति बैठक राख्न उनले प्रस्ताव गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्