Logo

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्न सात मिनेट समय निर्धारण



काठमाडौं, २ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ । केन्द्रीय समितिको आजको बैठकमा महामन्त्री गगन थापाले कार्ययोजना प्रस्तुत गरेका थिए ।

पार्टीका नेता गोपालमान श्रेष्ठले निर्वाचनअघि र निर्वाचन पछिका भएको गतिविधिका बारेमा प्रस्तुति दिएका थिए । केन्द्रीय समितिको बैठक भोलि पनि जारी रहने छ ।

बैठकमा प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराईने केन्द्रीय प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए । प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना कुरा राख्न सात मिनेटको समय दिने तयारी रहेको उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्