Logo

‘डि स्टार डान्स स्टुडियो’ को शाखा सुडामा पनि



काठमाडौं, २ साउन । लोकप्रिय निर्देशक एवं डान्स प्रशिक्षक दिनेश बोहराले कञ्चनपुरको सुडामा ‘डि स्टार डान्स स्टुडियो’ सञ्चालनमा ल्याएका छन् । विगत लामो समयदेखि डान्स प्रशिक्षकको क्षेत्रमा ख्याती कमाएका बोहराले नेपाली सांगीतिक क्षेत्रमा थप टेवा पुराउने उद्देश्यले डान्स स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।

डि स्टार डान्स स्टुडियोको उद्घाटनमा चर्चित मोडल र डान्सरहरुको उपस्थिति थियो । सो अवसरमा उनीहरुले सञ्चालकलाई बधाई तथा शुभकामना दिएका थिए ।

डि स्टारका सञ्चालक बोहरा विगत लामो समयदेखि डान्स प्रशिक्षकको रुपमा सकृय छन् । हाल महेन्द्रनगर बजारमा डान्स स्टुडियो रहेको र यसलाई शाखाको रुपमा विस्तार गरेको बोहराले बताए ।

डि स्टारमा विभिन्न प्रकारका मौलिक नृत्य सिक्न पाइने सञ्चालक बोहोराले बताए । डि स्टार डान्स स्टुडियोमा साउन १ गतेदेखि विहानी कक्षा, दिवा कक्षा, रात्रीकालीन कक्षा सञ्चालन भइरहेको सञ्चालक बोहराले बताए ।

शुभारम्भको अवसरका केही महिनासम्म विशेष छुटका कक्षाहरु समेत सञ्चालन हुने उनको भनाई छ । डि स्टारमा कल्चर, वेश्टर्न, साल्सा, हिपपप, कन्टेम्पोरी, क्लासिकलगायतका डान्सहरु सिक्न पाईने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot