Logo

कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’



काठमाडौं, २ साउन । नेपाली कांग्रेसले नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध र आकर्षण गर्न ‘घर–घर जाऔं, पार्टी सदस्य बनाऔं’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनीक कार्यतालिकामा अभियानबारे समावेश गरिएको छ ।

‘संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध र आकर्षण गर्न सदस्यता वितरणमा नै समाजको विविधता झल्कने गरी अभ्यास गर्न यस वर्ष साउनदेखि २०८१ असार ३१ गतेसम्म १ वर्षको अवधिलाई ‘घर–घर जाऔं, पार्टी सदस्य बनाऔं’ राष्ट्रिय अभियान गरिने छ,’– महामन्त्री थापाले प्रस्तुत गरेको सांगठनीक कार्यतालिका भनिएको छ ।

साथै, एक वर्षको अवधिमा कम्तिमा पनि पाँचदेखि सात लाखसम्म नयाँ सदस्य बनाउने उद्देश्य साथ यो अभियान सञ्चालनमा ल्याउन लागिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्