Logo

सुन तस्करीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश



काठमाडौं, २ साउन । काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी दिपक दाहालले बताए ।

उनका अनुसार उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाइ अदालतमा छ जनालाई नै पेस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot