काठमाडौं, २ असार । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादर खड्काले गठबन्धन दलको चित्त दुख्ने खाल्का गतिविधि नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।
आज (मंगलबार) देखि सुरुभएको केन्द्रीय समिति बैठकमा सरकारको काम कारबाहीको गतिविधि जानकारी गाउँदै उनले गठबन्धन भड्किने खाल्का कुनै गतिविधि नगर्न भनेका हुन् ।
कांग्रेस सत्तामा फर्किन ठूलो मेहनत गर्नुपरेको बताउँदै उनले त्यसलाई बुझ्नसमेत आग्रह गरे । उपसभापति खड्काले सभापति शेरबहादुर देउवाको कुशलताका कारण एमाले–माओवादी नेतृत्वको गठबन्धन भत्काएर आफ्नो दलको नेतृत्वमा नयाँ गठबन्धन बनाउन सकेको बताए ।
उनले सभापति देउवासहित नेताहरुको कुशलतापूर्वक कदमको कारण पार्टी संघ र प्रदेशमा सरकारको नेतृत्वमा फर्किएको दाबी गरे । काम गर्दाको यो साँढे तीन महिनाको अवधिका कमिकमजोरी भएर सुझाव दिनसमेत उनले आग्रह गरे । उनले अहिले मुलुकको अर्थतन्त्र प्रतिकुल अवस्थामा रहेको सुनाए । उनले सरकारले ऋणात्मक अवस्थामा काम गरिरहेको बताए । सरकारले अर्थतन्त्र सुधार गर्ने कोशिस गरिरहेको उनको भनाई छ ।