Logo

मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्रीको इटाली भ्रमणदेखि नियुक्तिसम्म



काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन इटाली जाने भएका छन्।

मन्त्रिपरिषद्को बैठकले कृषिमन्त्री वेदुराम भुसालसहितसहित २० सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड साउन ७ इटाली जाने निर्णय गरेको हो । इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको । बैठकले शुल्क तथा दस्तुर छुट दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालमा कार्यरत डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्