Logo

‘नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८०’ को दफा ६४ प्रति रविको आपत्ति, यस्तो छ व्यवस्था



काठमाडौं, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले गत असार ३१ गते प्रतिनिधि सभाबाट बहुमतले पारित भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८०’ मा भएको व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।

उक्त विधेयकको दफा ६४ मा हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेको राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आए हिंसात्मक गतिविधिमा माफी हुने र अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता हुने व्यवस्था राखिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘रास्वपाले संसद् किन घेराउ गर्यो ? होला संसदीय अभ्यासमा नयाँ छौं । प्रक्रियामा कमजोरी देखिएलान् । तर, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पढ्नुस् त !’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कसलाई के का लागि झुक्याउने खेल हुँदैछ ? भन्ने बारेमा यथेष्ट समाचार, बहस, बिज्ञप्ति, अन्तरवार्ताहरु नभएको सभापति लामिछानेले बताएका छन् । विधेयकमा उक्त दफा किन घुसाइयो भन्ने प्रश्नको उत्तर पाएपछिमात्रे रास्वपालाई रगत उम्लिने गरि गाली गर्न उनले आग्रह गरेका छन् ।

‘नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८०’ को दफा ६४ मा के छ ?

 

 

यस्तो लेखेका छन् रविले सामाजिक सञ्जालमा



प्रतिक्रिया दिनुहोस्

Screenshot