Logo

स्वतन्त्र सांसद अमरेश सिंह भन्छन्ः ‘मैले कांग्रेस छोडेकै छैन’



काठमाडौं, ३ असार । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेश सिंहले नेपाली कांग्रेस नछोडेको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले पार्टी छोडेको नभई सभापति शेरबहादुर देउवाले कांग्रेसमा बस्न नदिएको बताएका हुन् ।

‘मैले नेपाली कांग्रेस छोडेकै छैन । मलाई तत्कालीन सभापतिले नेपाली कांग्रेसमा बस्ने अवस्था रहन दिएनन् । मैले छोडेको होइन,’– उनले भने ।

देउवाको नेतृत्वमा पार्टी रहेसम्म कांग्रेस सुध्रिने र जनतामा आश लाग्ने कुनै सम्भावना नरहेको उनको दाबी छ । नेतृत्वको कारण कांग्रेस भ्रष्टीकरण र व्यापारीकरण पथमा हिँडेको उनको आरोप छ ।

‘जबसम्म अहिलेको सभापतिजीको नेतृत्व रहन्छ, तबसम्म नेपाली कांग्रेस सुध्रिने र जनतामा आश लाग्ने कुनै सम्भावना नै छैन । अहिलेको नेतृत्वले पार्टीको भ्रष्टीकरण गर्दिएको छ । पार्टीको व्यापारीकरण गर्दिएको छ, युवालाई कुनै आश नै छैन । भ्रष्टाचारीमाथि कारबाही हुदैनहुने भयो,’– उनले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्