Logo

सुन पसल अगाडि राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि, घटनामा संलग्न खजाञ्ची पक्राउ



काठमाडौं, ३ असार । काठमाडौंको सिनामंगलमा रहेको खोटाङ हलेसी ज्वेलर्समा राखिएको संकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । आज (बिहान) एक समूहले सुन पसल सञ्चालकसँग चन्दा माग्दै बम राखेको थियो । उनीहरुले सुन पसल सञ्चालकसँग पाँच लाख रुपैयाँ चन्दा मागेका थिए ।

संकास्पद वस्तुको बाहिर बम रहेको भनेर लेखिएको पर्चासमेत फेला परेको थियो । लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोजका क्रममा उक्त बस्तु बम नभएको खुलेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई घटनामा संलग्न रहेको आरोपमा नजिकैको होटलमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । पासवानलाई अहिले गौशला प्रहरी चौकीमा लगिएको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्