Logo

भ्रद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर



काठमाडौं, ३ साउन । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित रहेको भद्रकुमारी घले सेवा सदनको संरचना भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको भन्दै महानगरले भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको हो ।

उक्त भवनमा आश्रम सञ्चालन गरिएको थियो । आश्रममा रहेको वृद्ध वृद्धाहरुलाई मानव सेवा आश्रममा पठाउने तयारी रहेको बताइएको छ ।

महानगरले उक्त भवन खाली गराउन तीन दिनदेखि अल्टिमेटम दिएको थियो । आज महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेर उक्त भवनमा डोजर चलाईएको हो । Photo By: Mukunda Kalikote/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्