Logo

सभापतिविरुद्ध तथानाम बोल्ने छुट कसैलाई छैनः सीतादेवी देवकोटा



काठमाडौं, ३ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टी कमजोर बनाउने छुट कसैलाई पनि नरहेको बताएकी छन् । आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सभापतिलाई तथानाम बोलेर पार्टी कमजोर बनाउन नपाइने बताएकी हुन् ।

‘नेपाली कांग्रेसलाई कमजोर बनाउने छुट हामी कसैलाई छैन । कांग्रेस कमजोर भए देश कमजोर हुन्छ । देश रहेमा हामी रहन्छौं । सभापति पद व्यक्ति होईन, संस्था हो । सभापतिलाई तथानाम बोल्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउन खोज्दा पार्टी कमजोर हुन्छ कि भन्ने हेक्का हुन जरुरी छ,’– उनले भनिन् ।

गौरवमय इतिहास बोकेको कांग्रेस पार्टी अहिलेको पुस्ताको लागिमात्रै नभएर आउने पुस्ताको लागि पनि संरक्षण गर्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्