Logo

कांग्रेस-माओवादीमध्ये एक सकाउने खेलमा एमाले



काठमाडौं, ३ असार । नेकपा (एमाले) यतिखेर प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ । संसद्को दोस्रो ठूलो दल रहेको एमाले प्रमुख प्रतिपक्षमा रहेपछि सरकार बनाउने अभ्यासमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गिराएर नयाँ समीकरण बनाउने अभ्यासमा रहेको एमालेले पटक–पटक कांग्रेससँग संवाद गरेको पनि खुलासा भइरहेको छ । यसैबीच एमाले सांसदसमेत रहेका राजेन्द्र राईले आफूहरु सरकार गिराउने कसरतमा रहेको बताउँदै आएका छन् ।

त्यस्तो, अहिले जारी रहेको कांग्रेस केन्द्रीय समिति बैठकमा पनि सरकारको समीकरण परिवर्तन हुने कुराले प्रश्रय पाएको छ । कांग्रेस केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार परिवर्तको खेल सामन्य नभएर प्रमुख प्रतिपक्ष कांग्रेस सिध्याउने कि माओवादी सिध्याउने भनेर लागिरहेको बताईन् । उनले यस्तो बेला देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्न पनि नेतृत्वहरुसँग आग्रह गरिन ।

‘व्यापक रुपमा सरकार फेरिने हल्ला पनि बजारमा छ । देश र जनतालाई केन्द्रमा राखेरमात्र पहिला अगाडि बढ्नुपर्छ । खेल सामन्य छैन, कि नेपाली कांग्रेस सकाउने, कि माओवादी सकाउने खेल छ,’– उनले भनिन् ।

अहिलेको सरकारले भ्रष्टाचारीलाई कारबाही गरेको अवस्थामा माओवादीको साथ छोड्दा कांग्रेसको बदनामी हुने उनको बुझाई छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई मिनबहादुर गुरुङजस्ताबाट सकाउने खेल सुरु हुन थालेको पनि उनको दाबी छ ।

‘भ्रष्टाचारीलाई कारबाही गरेको अवस्थामा माओवादीलाई छोडे कांग्रेसको बदनामी हुनसक्ने अवस्था पनि आउन सक्छ । माओवादीको अध्यक्ष प्रचण्डलाई मिनबहादुर जस्ताबाट सकाइने खेल पनि हुनसक्छ,’– उनले भनिन् । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्