Logo

एमालेको निश्कर्ष: ‘कांग्रेससँग मिलेर सरकार बनाउन धेरै ढिला भइसक्यो’



काठमाडौं, ४ साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले कांग्रेस–एमालेको सरकार बनाउन धैरै ढिला भइसकेको बताएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केपी शर्मा ओली र शेरबहादुर देउवा देश र जनताको भलाईका निम्ति कुनै आग्रह पूर्वाग्रह नराखी एक ठाउँमा उभिनु आजको आवश्यकता भएको बताएका हुन् ।

‘कांग्रेस र एमाले मिलेर सरकार बनाउन धेरै ढिला भइसक्यो । केपी शर्मा ओली र शेरबहादुर देउवालाई साच्चै देशप्रतिको माया छ भने उहाँहरु छिटोभन्दा छिटो एक ठाउँमा उभिएर, कुनै आग्रह, पूर्वाग्रह नराखी देश र जनताको निम्ति उहाँहरु एक ठाउँ उभिन पर्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्