Logo

वास्तविक दोषी उम्काउन सुन काण्डमा मलाई मुछेको हुनसुक्छः दीपक मल्होत्रा



काठमाडौं, ४ साउन । व्यवसायी दीपक कुमार मल्होत्राले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता भनेर आएको समाचारलाई लिएर आपत्ति जनाएका छन् । उक्त समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको मल्होत्राको दाबी छ ।

उनले आफ्नोबारेमा गलत समाचार लेख्ने मिडिया र पत्रकारले माफी नमागे र खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जाने पनि चेतावनी दिएका छन् । मल्होत्राले पत्रकार सम्मेलनमार्फत वास्तविक दोषीलाई डाइभर्ट गराउन उक्त प्रकरणमा आफूलाई जोडेको हुनसक्ने आशंका व्यक्त गरे ।

‘मैले निर्क्यौल के निकालेको छु भने जुन गिरोह, जुन ग्याङले यो सामन ल्याएको छ, जसको यो सामन हो तिनीहरुलाई डाइभर्ट गर्नका लागि, तिनीहरुलाई बचाउनका लागि यो खाल्को समाचार मप्रति लक्षित बनाएर ल्याएको हुनसक्छ,’– उनले भने । Photo by: Mukunda Kalikote/RN 



प्रतिक्रिया दिनुहोस्