काठमाडौं, ४ असार । एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
उच्च अदालत पाटनले थप अनुसन्धानको लागि म्याद दिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिनै लागेको अवस्थामा राजश्व अनुसन्धान विभागले उक्त परिमाणको सुन गत मंगलबार बरामद गरेको थियो ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा दोलखाका दिलिप भुजेल, रामकुमार भुजेल, भोजपुरका हर्कराज राई भारतीय नागरिक थाप्तेन छिरिङ, एक जना चिनियाँ नागरिक र चितवन घर भएका अशोक लामा पक्राउ परेका छन् । Photo By: Mukunda Kalikote/Reporters Nepal