Logo

सुन तस्करीमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ



काठमाडौं, ४ साउन । सुन तस्करीमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले राजन श्रेष्ठलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।

श्रेष्ठ पक्राउ परेसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ । केही दिन अघिमात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन नेपाल भित्रिएको थियो ।

अवैध रुपमा भित्रिएको उक्त सुन भन्सार जाँचपास पछि बाहिरिनै लाग्दा मंगलबार राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot