Logo

जीतजंग बस्नेतको प्रश्न: सुन तस्करीमा संलग्न माओवादी नेता र गृहमन्त्रीको राजीनामा माग्नु पर्दैन ?



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपाली कांग्रेसका केही नेताहरु आफ्नै पार्टी र नेतृत्वलाई खुइल्याउन लागि परेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले त्रिभुवन विमानस्थलबाट समातिएको एक सय केजी भन्दा धेरै सुन तस्करीमा वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता रहेको समचार सार्वजनिक भएको भन्दै बस्नेतले कांग्रेसका नेताहरुले गृहमन्त्री श्रेष्ठ र माओवादी नेताहरुको विरोध गर्ने हिम्मत नगरेको बताएका हुन् ।

उनले भने ‘तीन महिनामा २९ पटक एयरपोर्टबाट सुन भित्रिएको बताइएको छ । सुन काण्डमा नारायणकाजीको नाम आयो, महराको नाम आयो । केपी ओलीको पनि नाम आएको छ । अब उहाँको राजीनामा माग्न जाने कि नजाने ? आफ्नो पार्टीको नेताको नाम आउँदा जाने, अनि अहिले नजाने ? ।



प्रतिक्रिया दिनुहोस्