Logo

कांग्रेसमा अहिले सभापति र महामन्त्रीलाई खुइल्याउने प्रतिस्पर्धा चलेको छ: केन्द्रीय सदस्य ढुंगाना



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले कांग्रेसका नेताहरु पार्टी सभापति र महामन्त्रीलाई खुईल्याउने प्रतिस्पर्धामा उत्रिएको बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा ढुंगानाले कोही नेताले सभापति शेरबहादुर देउवालाई र कोहीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खुइल्याउने प्रतिस्पर्धा गरिरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं, सभापतिलाई खुइल्याउन पाए सबैभन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेझैं गरी खुइल्याउँछौं, पदाधिकारी र महामन्त्रीलाई खुइल्याउन व्यस्त छौं। ए महामन्त्रीहरू तिमीहरू अर्काको आलोचना गरेर स्थापित हुने भनेर खुइल्याउन लागेका छौं।’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot