Logo

पुस्तान्तरणको कुरा सामान्य हो, नआत्तिनुस् सभापतिज्यू: अमृत अर्याल



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा सुनेर नअत्तालिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै अर्यालले कुनै समय शेरबहादुर देउवा नै रुपान्तरण र पुस्तान्तरणको अभियान्ता भएको बताए ।

उनले भने “विपीले किसुनजीलाई कार्यवाहक बनाउनुभयो । विपीको कार्यवाहक बन्न पाउनु गौरवको कुरा हो भनेर किसुनजीले भन्नुभयो । किसुनजीबाट गिरिजाबाबुमा नेतृत्व गयो । त्यसपछि ‘आरएसएस’ जन्मियो आरएसएसमा रामचन्द्र पौडेल, शैलजा आचार्य र स्वयम् सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो । त्यसको लक्ष्य पनि रुपान्तरण र पुस्तान्तरण नै थियो । त्यसपछि कांग्रेसमा ‘एकेजीवी’ जन्मियो। एकेजीवी समूहमा अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोसी र विजय गच्छदार हुनुहुन्थ्यो । त्यसको लक्ष्य पनि पुस्तान्तरण र रुपान्तरण नै थियो, यसलाई नयाँ रूपमा र अस्वभाविक रूपमा लिनु हुँदैन’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot