Logo

हामी उल्टो बाटो हिँडिरहेका छौं,सुल्टो बाटो हिँडौं: केन्द्रीय सदस्य कार्की



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी दलहरु आक्रमकरुपमा प्रस्तुत हुँदा कांग्रेसभने अलमलमा परेको बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्ना धारणा राख्नेक्रममा पूर्वअर्थ मन्त्रीसमेत रहेका कार्कीले कांग्रेसले सहि दिशा पहिल्याएर सहि बाटो पहिचान गर्नुपर्ने बताएका हुन् ।

म अहिले नाम लिन चाहन्नँ,तर हाम्रा विपक्षीहरू निकै आक्रामक ढङ्गले मैदानमा ओर्लेका छन् । हामी अलमलमा छौं । हामी कतै उल्टो बाटो हिँडिरहेका छौं कि ? भन्ने चिन्ता र चासो आमरुपमा सिर्जना भएको छ । हामी उल्टो बाटो हिँडेका छौं सुल्टो बाटो हिँडौं । हाम्रो लक्ष्य के हो ? हाम्रो प्रतिकुलता के हो ?। अहिले हाम्रो अगाडिको मुख्य चूनौती के हो । यी प्रतिकुलता र चूनौतीलाई कसरी हाम्रो अनुकुल बनाउन सकिन्छ भन्ने कुरामा नेपाली कांग्रेसलाई साथमा साथ हातमा हात मिलाएर अगाडि बढ्नुपर्छ’। उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot