Logo

सभापतिको उछितो काढेभने म अगाडि बढ्छु भन्ने भ्रम हटाऔं: रमेश रिजाल



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका नेता एवं उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले पार्टीका जिम्मेवार नेताहरुले एकले अर्कालाई सिध्याउने खेलमा लागेमा पार्टीको अस्तित्व समाप्त हुने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा सार्वजनिक गर्दै रिजालल पार्टीका नेताहरुको क्रियाकलाप समय अनुसार परिवर्तन गर्न नसकेमा पार्टीमा ठूलो दुर्घटना हुने सम्भावना रहेको बताएका हुन् ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले ल्याएको वार्षीक कार्यतालिका कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै उनले भने ‘यो कार्यतालिका कार्यान्वयन हुनेमा शंका छ । तपाँईहरुले राम्ररी सोच्नुहोला । पार्टीको अनुशासनका बारेमा धेरै साथीले भन्नुभयो मलाई धेरै भन्नु छैन तर अब पार्टी यसरी चल्न सक्दैन । एकले अर्कोलाई सिध्याउने खेलमा लाग्ने हो भने पार्टीको अस्तित्व समाप्त हुनेछ सभापतिको उछितो काढेमा म अगाडि बढ्न सक्छु भन्ने भ्रमबाट टाढा बसौं’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot