Logo

कांग्रेसको स्वास्थ्यमा समस्या छ, सिटामोलले निको हुँदैन सर्जरी गर्नुपर्छ: प्रदीप पौडेल



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेलले कांग्रेसको सुदृढिकरणका लागि सबैले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै पौडेलले पार्टीलाई सुदृढ बनाउन सबैले एकतावद्ध भएर लाग्नुपर्ने बेला भएको बताएका हुन् ।

पौडेलले कार्य समितिको बैठक डाक्न ढिलाई भएकोमा असन्तुष्टिसमेत जनाएका छन् । असन्तुष्टि जनाउँदै उनले भने ‘११ महिनापछि बैठक सुरु भयो म खुसी प्रकट गर्न त सक्दिन तर आगामी दिनमा यस्तो नहोस भन्ने आग्रह गर्न चाहान्छु । खासगरी आज कांग्रेस संकटमा छ भन्ने बारेमा म कसैको दाइभाई वा अनुयायी नभई भन्न चाहान्छु नेपाली कांग्रेसको सुदृढिकरणका लागि आत्मामुल्यांकन जरुरी छ’ ।

पार्टीमा निक्कै ठूलो समस्या सिर्जना भएको भन्दै पौडेलले उक्त समस्या हल गर्न सर्जरी गर्नुपर्ने बताए । उनले भने ‘‘पार्टीलाई सुधार गर्नु जरुरी छ । पार्टीको स्वास्थ्यमा समस्या छ । यो समस्या सिटामोलले हल हुन सक्दैन । कतिपय सन्दर्भमा समस्या हल गर्न सर्जरी नै गर्नुपने अवस्था छ ’।



प्रतिक्रिया दिनुहोस्

Screenshot