Logo

ललिता निवास प्रकरण: पक्राउ परेका आरोपीहरु थप ५ दिन हिरासतमा रहने



काठमाडौं,५ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीतहरु थप ५ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

२५ दिनदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेका आरोपीहरुलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यस प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत,भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साह  लगायतका १७ जना व्यक्तिहरु प्रहरीको हिरासतमा रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot