Logo

 धर्मनिरपेक्षता खारेज गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ: शंकर भण्डारी 



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता शब्द खारेज गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले मुलुकमा सनातनरुपमा मानिआएको धर्म संस्कृतिलाई मास्ने अभिप्रायले संविधानमा धर्मनिरपेक्षता लादिएको भन्दै उक्त शब्द हटाउनुपर्ने बताएका हुन् ।

उनले भने‘यो संविधानमा मेरो तीनवटा विषयमा गम्भीर असहमति छ । यो सनातनदेखिको हाम्रो धर्म संस्कार संस्कृतिलाई मास्न योजनावद्ध ढंगले नेपालको संविधानमा धर्मनिरपेक्षता शब्द राखिएको छ । त्यो शब्द हटाउनुपर्छ यस सम्बन्धमा कांग्रेसले बोल्नुपर्छ र नेतृत्व लिनुपर्छ ’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot