Logo

मीन विश्वकर्माको आक्रोश: बालकृष्ण खाँणलाई दोषी करार गर्न कांग्रेस सर्वोच्च अदालत हो ?



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका संस्थापन पक्षधरका केन्द्रीय सदस्यहरु नक्कली शरणार्थी प्रकरणमा कारागारमा रहेका पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउमा उत्रिएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै प्रचार विभाग प्रमुख एवं पूर्वमन्त्री मीन विश्वकर्माले बालकृष्ण खाँणलाई निलम्बन गर्न नहुने धारण राखेका हुन् ।

उनले भने “हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौँ कि थपक्क लगेर थानामा बुझाउँछौँ रु मलाई यत्ति जवाफ चाहियो,होइन भने, कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेसन जाने ? दोषी ठहर यही कार्यसमितिले गर्छ भने वकिल पनि राख्नुभएन वकिलले वहस पनि गर्नुभएन । अदालतले ठहर नगरुन्जेलसम्म दोषी हो कि निदोष पत्ता नलाग्दा नेपाली कांग्रेस त्यस्तो सर्वोच्च अदालतले हो त्यसले दोषी अहिले नै ठहर गर्ने ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot