Logo

कार्य समितिको बैठकले सभापति र महामन्त्रीबीच द्धन्द्ध बढायो: केन्द्रीय सदस्य केसी



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेसको ४ दिनदेखि जारी केन्द्रीय कार्य समितिको बैठकले पदाधिकारीबीच आपसी द्धन्द्ध बढाएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टीको कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै केसीले यो बैठकले आपसी द्धन्द्ध बढाउने काम गरेको कारण आम जनतामा राम्रो सन्देश नगएको बताए ।

“यो बैठकको सन्देश राम्रो गएको छैन । सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम भयो ठिक ढंगले भएन,” उनले भने, “सभापतिको नेतृत्वमा हिजो हामी जुन–जुन टिमबाट लडे पनि आजको बहसमा हेर्नुपर्दा महामन्त्री एउटा क्याम्पमा सभापति एउटा क्याम्पमा जस्तो देखिन्छ । यही हो ? हाम्रो एजेन्डा यही हो ?” ।



प्रतिक्रिया दिनुहोस्

Screenshot