Logo

कार्य समिति बैठकमा गोपालमानको प्रश्न: बालकृष्ण खाँणलाई जेल जानबाट रोक्न सकिन्थ्यो,किन रोकिएन ?



काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ पार्टीका अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणको बचाउमा उत्रिएका छन् ।

पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा शुक्रबार आफ्नो धारणा राख्नेक्रममा श्रेष्ठले कांग्रेसले खाँणलाइै जेल जानबाट रोक्न सक्ने भएपनि नरोकेको बताए । उनले नेतृत्वसामू बालकृष्ण खाँणलाई जेल जानबाट रोक्न सकिन्थ्यो,किन रोकिएन ? भन्दै प्रश्न गरे ।

‘एउटा साथी पुर्पक्षमा थुनिएको छ। त्यहाँ पुग्नबाट उसलाई रोक्न सकिन्थ्यो किन रोकिएन, उनले भने,त्यो साथीलाई किन रोक्न सकिएन। पुर्पक्षमा जसलाई पनि राख्न पाउँछ। दोषी ठान्न भएन, ‘उहाँका बारेमा यसरी छलफल नगरौं। हाम्रो परिवारको एक सदस्य कारागारमा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा खाँण अहिले कारागारमा रहेका छन् । कांग्रेसको संस्थापन पक्ष निकट मानिने खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने आवाज इत्तरपक्षबाट उठिरहेको छ भने संस्थापन पक्ष चर्कोरुपमा उनको बचाउमा उत्रिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot