
काठमाडौं, ५ साउन । एनआईसी एशिया बैंक लिमिटेड २६औं वर्षमा प्रवेश गरेको छ । ग्राहकहरुको पहिलो रोजाईमा पर्ने संकल्पसहित एनआईसी एसिया बैक स्थापना भएको थियो ।
बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले ग्राहकवर्ग, नियमनकारी निकायहरु, सेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।