काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य खम बहादुर गर्बुजा (खम्बिर) का स्वकीय सचिव प्रिजेन भट्टचनले ओम बुद्ध इन्टरनेसनल कम्पनीका सञ्चालकलाई भेटेर म्याग्दीमा अलपत्र अवस्थामा रहेको विकास निर्माणका काम बारे ध्यानाकार्षण गराएका छन् ।
म्याग्दीको बेनि दरबाङ सडकखण्ड अन्तर्गत मंगला गाउँपालिका– २ को सिमदेखि रनबाङ्गसम्म ३.५ किलो मिटर ममोटरबाटो स्तर उन्नतिसहित कालोपत्र र मंगला गाउँपालिका–५ मा अलपत्र अवस्थामा रहेको हाडेभिरस्थित १० शैयाको हस्पिटलको निर्माण यथाशीघ्र सम्पन्न गराउनका लागि उनले ध्यानाकार्षण गराएका हुन् ।
निर्माण व्यवसायी ओम बुद्ध इन्टरनेसनल कम्पनीका सञ्चालक दिपेश लामाबीच अबको एक हप्ताभित्र हस्पिटलको काम सुरु गर्ने र आगामी दशैभित्र नै सडक निर्माणको कामलाई पूर्णता दिने प्रतिवद्धता जनाएका छन् ।