Logo

कम्युनिष्ट भनिएकाहरु नै प्रतिगामीसँग हातेमालो गरिरहेका छन्ः माधव नेपाल



काठमाडौं, ६ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनलाई भत्काउने अनेक खाल्का खेल भइरहेको बताएका छन् । आज (शनिबार) काठमाडौँमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस कम्युनिष्ट भनेका एकअर्काका शत्रु हुन् भनेर भ्रम छर्ने काम भइरहेको बताएका हुन् ।

‘हाम्रा मित्र को हुन्, शत्रु को हुन् ? शत्रु भनेको त कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुनसक्छ । व्यवहार र सिद्धान्त सोचेजस्तो हुँदैन । यहाँ कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot