Logo

नेशनल प्याब्सन काठमाडौंको आयोजना र कागेश्वरी मनोहरा नगरपालिकाको व्यवस्थापनमा कविता वाचन प्रतियोगिता हुँदै



काठमाडौं, ६ साउन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)  काठमाडौंको आयोजना र कागेश्वरी मनोहरा नगरपालिकाको व्यवस्थापनमा एक दिवसीय कविता वाचन प्रतियोगिता हुने भएको छ ।

नेशनल प्याब्सन काठमाडौंले एक विज्ञप्ति जारी गर्दै आगामी साउन १९ गते भीमेश्वर एकेडेमी, कागेश्वरी मनोहरामा कार्यक्रम हुन लागेको जानकारी गराएको हो । कार्यक्रम विहानको १० बजेबाट सुरु हुने छ । नेशनल प्याब्सन काठमाडौंले मतहतका विद्यायलयलाई कविता प्रतियोगितामा सहभागिताको लागि भनेको छ ।

कार्यक्रममा नेशनल प्याब्सन काठमाडौं जिल्लाको सदस्य विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका छात्र/छात्रा मध्ये १ जनाले प्रतियोगितामा भाग लिन पाउने व्यवगस्था रहेको छ । प्रतियोगितामा वाचन गर्ने कविता आफ्नै हुनुपर्ने छ । गद्य वा पद्य दुवै शैलीमा लेखिएका कविता प्रतियोगितामा वाचन गर्न सकिने छ । कविता बढीमा दुई सय शब्दको हनुपर्ने र कविता वाचन भाषा नेपाली हुने बताइएको छ ।

प्रतियोगीले आफ्नो रचना कार्यक्रम सुरु हुनु एक घण्टा अगावै आयोजक समितिमा बुझाउनु पर्ने छ भने प्रतियोगीलाई आफ्नो विद्यालयको परिचय पत्र र पोषाक अनिवार्य गरिएको छ । प्रतियोगी विद्यार्थीको नाम दर्ता आगामी साउन १६ गतेसम्म गरिसक्न समेत भनिएको छ । प्रतियोगीतामा भाग लिन प्रति विद्यालय एक हजार शुल्क निर्धाराण गरिएको छ ।

प्रतियोगीमध्ये उत्कृष्ट पाँच जनालाई क्रमश प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौ स्थानसम्म क्रमश: तीन हजार, दुई हजार, एक हजार पाँच सय, एक हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिन बताइएको छ । साथै सहभागी सम्पूर्णलाई प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot