Logo

कांग्रेसमा पात्र परिवर्तन होईन प्रवृत्ति परिवर्तन जरुरी छ: अर्जुननरसिंह केसी



काठमाडौं,७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसमा पात्र परिवर्तन नभई प्रवृत्ति परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

पार्टीको ५ दिनदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा आफ्ना धारणा राख्दै केसीले पार्टीलाई प्रवृत्तिगतरुपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘कांग्रेसमा अहिले पात्र होईन प्रवृत्ति परिवर्तन गर्नु धेरै जरुरी छ । कांग्रेसमा धेरे वहस हुनेगर्छ सभापति नै संस्था हो तर म सभापति नै संस्था हो भन्नेकुरा मन्दिन । सभापति नै संस्था मान्ने संस्कारको विकास भयो भने फ्रान्सका लुई १४औं ले लागू गरेको म नै राज्य हुँ म नै शासक हुँ भनेजस्तो हुन्छ ’।

उनले चर्चित भ्रष्टाचार काण्डहरू छानबिन गर्न पार्टीले सहयोग र नेतृत्व लिनुपर्ने बताए।

‘भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिन गर्नुपर्छ,’ उनले भने, ‘नत्र हामी अर्को चुनावमा जनताका बीचबाट अस्वीकृत हुन्छौं।’



प्रतिक्रिया दिनुहोस्