काठमाडौं,७ साउन । बालुवाटारस्थित ललिता निवासको सरकराी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।
उनले सरकारी जग्गा व्यक्तिको नाममा सार्नमा महत्वपूर्ण भूमिका खेलेका थिए। श्रेष्ठ पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।