Logo

कांग्रेसले प्रतिनिधिसभाबाट समानुपातिक निर्वाचन प्रणाली हटाउन नेतृत्व लिनुपर्छः शेखर कोइराला



काठमाडौं,७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निर्वाचन प्रणाली फेर्नुपर्ने र त्यस्को नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन् ।

पार्टीको ५ दिनदेखि जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले धेरैलाई अप्रिय लागेपनि समानुपातिक निर्वाचन प्रणालीबाट राम्रो प्रतिनिधित्व दिन नसकिएको बताए ।

उनले प्रत्यक्ष निर्वाचनभित्रैबाट अहिलेको समावेशी, समानुपातिक प्रतिनिधित्व दिन सकिने भन्दै त्यसका लागि कांग्रेसले अगुवाइ गर्नुपर्ने बताए ।

कोइरालाले भने“साथीहरूलाई अप्रिय लाग्ला तर, समानुपातिक निर्वाचन प्रणालीबाट राम्रो परिणाम दिन सकिएन,प्रत्यक्ष निर्वाचनभित्रैबाट समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ । कांग्रेसले नै यसको निकास दिन सक्नुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस्