Logo

मौद्रिक नीति: पहिलो आवासीय घर कर्जाको सीमा बढ्यो



काठमाडौं,७ साउन । नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमा बढाएको छ ।

राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै पहिलो आवासीय घर कर्जाको सीमालाई ५० लाख बढाएको हो ।

यसअघि पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाख रहेकोमा त्यसलाई बढाएर दुई करोड पुर्‍याउने राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्