Logo

मौद्रिक नीति: सेयर र धितो कर्जाको जोखिमभार पुनरावलोकन गरिने



काठमाडौं,७ साउन । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जा , रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारसम्बन्धि व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०-८१को मौद्रिक नीति सार्वैजनिक गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने उल्लेख गरेको हो ।

हाल सेयरधितोकर्जाको जोखिमभार १५० प्रतिशत रहेको छ। अहिले नै उच्च स्तरमा रहेको जोखिमभार पुनरावलोकनको अर्थ जोखिमभार घट्नु नै हो। जोखिमभार घटाईएको खण्डमा बैंकहरु सेयर धितोकर्जा प्रवाह गर्न बढि आकर्षित हुने राष्ट्र बैंकको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्