Logo

मौद्रिक नीतिको साइड इफेक्टः नेप्सेमा ६३ अंकको वृद्धि



काठमाडौं,७ साउन । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरवलोकन गर्ने नीति सार्वजनिक गरेपछि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा भारी मात्रामा वृद्धि भएको छ ।

आइतबार नेप्से ६३.२४ अंकले बढेर २२२७.१६ को बिन्दुमा पुगेको छ । यो २.९२ प्रतिशतको वृद्धि हो ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरवलोकन गर्ने जनाएको थियो ।

आज कारोबार रकम पनि बढेको छ । आज २६६ कम्पनीको एक करोड २० लाख दुई हजार ३०८ कित्ता सेयर चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन (बिहीबार) तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै बैंकिङ उपसमूहको समूहगत सूचक ४.९८ प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्