Logo

गच्छदारले बोल्दाबोल्दै देउवाले रोकेपछि…..



काठमाडौं,७ साउन । नेपाली कांग्रेसको ५ दिनदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आइतबर पनि नेताहरुले आ आफ्नो धरणा राखिरहेका छन् । आइतबारको बैठकमा आफ्नो धारणा राख्दै पार्टीका पूर्व उपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवाले आफुलाई बोलिरहेको बेला बीचम रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘मैले बोल्दा सभापतिजीले बेलाबखत रोक्ने गर्नुहुन्छ। यसले मलाई मद्दत नै पुग्छ,’ गच्छदारले भने, ‘अहिले अलमल्याइदिनुभयो । भर्खर ३ मिनेट गएको छ। ७ मिनेट त समय छ। पछि समय थपिदिनुहोला वा नथप्नुहोला त्यो तपाईंको अधिकारको कुरा हो। धेरै कुरा बोल्दा असहज होला, म बोल्दिनँ।’

कांग्रेस सभापति देउवाले प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिएर आफ्नो धारणा राख्न भनेका छन् । आजको बैठकमा गच्छदारले ७ मिनेटमा पनि कुरा नसिध्याएपछि सभापति देउवाले फेरि रोकेका थिए। सभापति देउवाले उनलाई रोक्दै समय सकिएको बताए । गच्छदारले भने १ मिनेट समय थपिदिन आग्रह गरेका थिए।

तर सभापति देउवा मानेनन्। सबैलाई ७ मिनेट समय दिएको देउवाको भनाइ थियो। केही बेरपछि देउवाले ल एक मिनेटमा सक्नुस् भने ।

सभापतिको आग्रहपछि फेरी आफ्ना कुरा राख्न थालेका गच्छदारले बोलेको कुरा भने सुनिएको थिएन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot