काठमाडौं,७ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री तथा केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले नेताहरु शेखर कोइराला,शंकर भण्डारी लगायतका नेताहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भाइ भएको टिप्पणी गरेका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै मन्सुरले निर्वाचन प्रणाली, धर्म निरपेक्ष र समानुपातिक प्रतिनिधित्वको विषयमा प्रश्न उठाउने नेताहरु लिङदेनको भाइ भएको बातएका हुन् ।
उनले भने ‘लिङ्देनले चारवटा प्रस्ताव राखेका छन् । कांग्रेसमा पनि लिङ्देनका भाइहरु मैले यहाँ देखिरहेको छु । एउटा गणतन्त्रबाहेक सबै उपलब्धी उल्ट्याउने कुरा गर्नेहरु लिङ्देनका भाइहरु हुन् कि क्या हो! एउटा गणतन्त्र बाँकी छ । बाँकी उसका मुद्दा त यहीँ उठिसक्यो ।”