Logo

राष्ट्रपति पौडेलसँग चिनियाँ नेताहरुको भेटवार्ता



काठमाडौं,७ साउन । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेता युआन जियाजुनको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ ।

आज काठमाडौं आइपुगेको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङक्विङ्ग नगर कमिटी सचिवसमेत रहेका जियाजुनसहितको टोलीले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको र यस भ्रमणले आगामी दिनमा द्विदेशीय सम्बन्धलाई अझ सुमधुर पुर्‍याउने विश्वास व्यक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्