Logo

कानूनमन्त्री गुरुङको स्वीकारोक्तिः न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो



काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उच्च तथा सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरुको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका छन् ।

पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै कानून न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेको गुरुङले न्यायाधीशको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका हुन् ।

“न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो । स्वीकार गर्नुपर्छ,” गुरुङले भने, “तर, सभापति महोदय, यो कुरा भन्नैपर्छ । अब न्यायाधीश नियुक्ति गर्दा नियुक्तिपछि अमुक पार्टीको कार्यालय धाउने अवस्था अन्त्य गर्नुपर्छ, गरिन्छ ।”

हाल सर्वोच्च अदालतमा ५ सहित उच्च अदालतको दर्जन बढि न्यायाधीशको पद रिक्त रहेको छ । न्यायाधीशको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ ।

प्रधानमन्त्री अध्यक्ष तथा कानूनमन्त्री लयायतका व्यक्तिहरु सदस्य रहने परिषदको बैठक लामो समयदेखि बस्न नसक्दा रिक्त रहेको न्यायाधीशको पदमा नयाँ न्यायाधीश नियुक्त हुन सकेका छैनन् । file photo 



प्रतिक्रिया दिनुहोस्