Logo

कांग्रेस बैठकमा पूर्णबहादुरको जिकिरः राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत



काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च र स्वास्थ्य अवस्थालाई लिएर अनावश्यक भ्रम फैलाईएको जिकिर गरेका छन् ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले राष्ट्रपति पौडेलको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्नु कानूनसम्मत भएको बताए ।

खड्काले भने, ‘कतिपय कुरामा भ्रम फैलिएको छ राष्ट्रपतिज्यूको सिरियस अवस्था भएपछि म गएँ । डाक्टरहरुले अलिकति कुरा भन्नुभयो । त्यसपछि मैले प्रधानमन्त्रीलाई खबर गरें । प्रधानमन्त्रीज्यू आएर राष्ट्रपतिज्यूलाई भेट्नुभयो । भेटमा राष्ट्रपतिज्यूले आफूलाई विदेश पठाउने काम नगर्न भन्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री र म डाक्टरसँग बस्यौं । डाक्टरले फोक्सोमा जम्मा भएको पानीलगायतको कुरासँग जोडेर नेपालको प्राविधिक अवस्थाले नभ्याउने बताउनुभयो र बाहिर लैजान सुझाव दिनुभयो । त्यही सुझावअनुसार प्रधानमन्त्रीले मुख्य सचिवलाई फोन गरेर सबै व्यवस्था गर्न लगाउनुभएको हो । उपचार खर्चको सन्दर्भमा कानूनले अलिकति अलमल पारेको छ । हामीसँग दुईवटा ऐन छन् । कसैले पनि विदेश उपचार गर्दा सरकारले पैसा नदिने एउटा ऐन छ । तर, राष्ट्रपतिको हकमा उपचारका लागि विदेश जाँदा तीनजना घरपरिवारका सदस्य लैजान पाउने र लागेको खर्च सरकारले व्यहोर्ने गरी संसदले ऐनको व्यवस्था गरेको छ,’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot