Logo

कार्य समितिको बैठक १० गतेसम्म स्थगित गर्दै देउवाले भने: पर्सि त मैले पनि बोल्नै पर्ला!



काठमाडौं,८ साउन । ६ दिनदेखि लगाताररुपमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पर्सीसम्म स्थगित भएको छ ।

साउन २ गतेदेखि जारी बैठकमा आज सभापति शेरबहादुर देउवाले जवाफ दिउर समापन गर्ने तयारी गरेपनि बैठकमा धारणा राख्ने महामन्त्री र उपसभापतिले धेरै समय लिएपछि बैठक समापन गर्न नसकिएको हो ।

आज केन्द्रीय सदस्य राजिव कोइराला, सहरी विकासमन्त्री सीता गुरुङ, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा र उपसभापतिद्धय धनराज गुरुङ र पूर्णबहादुर खड्काले आफ्नो धारणा राखेका थिए ।

उपसभापति खड्काले आफ्नो धारणा राख्नासथ देउवाले बैठक १० गते दिउँसो ४ बजेसम्म स्थगित् भएको घोषणा गरेका छन् ।

उपसभापतिले बोल्दा लामो बोलेको भन्दै छोट्याउन आग्रह गरेका देउवाले खड्काले बोलिसकेँ भन्ने बित्तिकै उठ्न खोजेर भने, ‘१० गते चार बजे बस्ने । ल ल पर्सि पर्सि! त्यहाँ पनि मैले बोल्नै पर्ला! ल ठिक छ । ठिक छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot