काठमाडौं,९ साउन । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य युआन च्याच्युन नेतृत्वको टोली स्वदेश फर्किएको छ ।
तीन दिने भ्रमणमा गत आइतबार नेपाल आईपुगेको चिनियाँ टोलीले सोहिदिन राष्ट्रपति रामचन्द्र पौडेल,कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको माओवादी टोलीसँग भेट गरेको थियो भने इटालीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भर्चुअल कुराकानी गरेको थियो ।
यस्तै उक्त टोलीले सोमबार सभामुख देवराज घिमिरे, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेको थियो भने आज विहानमात्रै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किएको हो । । file photo