Logo

उपत्यकाका एक सय एक फार्मेसी अनुगमनः एक सय फार्मेसी मापदण्ड विपरीत सञ्चालन



काठमाडौं, ९ साउन । काठमाडौं उपत्यकाका एक सय एक फार्मेसीको अनुगमनका क्रममा एक सय फार्मेसी मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । हिजो विभागको टोलीले गरेको अनुगमनमा प्रायः सबै फार्मेसी मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो ।

‘फार्मेसीहरु अनुगमनको विषयमा मैले मन्त्रालयमा सोध्दाखेरी वर्षमा तीन चोटीसम्म गर्ने तार्गेट छ रे । हामीले हिजो भ्यालीमा मात्रै एकै दिन एक सय एकमा अनुगमन गर्दियौं । देशभरीमा तीन सय त हिजै सकियो । एक सय एक फार्मेसीमध्ये एउटामात्रै फार्मेसीमात्रै मापदण्डमा चलेको पाईयो,’– स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले भने ।

उक्त फार्मेसीले मापदण्ड अनुसार एक सय प्रतिशत राम्रो काम गरेको बताए । उक्त फार्मेसीलाई तत्काल प्रशंसा पत्र दिने निर्णय भएको उनले बताए । अहिले मन्त्रालय मातहतका कर्मचारीले विहान, दिउसो गरेको काम बेलुका नै मन्त्रालयमा रिपोर्ट गर्नुपर्ने व्यवस्था गरेको र सोही अनुसार बेलुका आठ बजेसम्म मन्त्रालयमा बसेर काम गरेको उनले बताए । रिपोर्टपछि तत्कालै निर्णय गरेर एक्सनमा उत्रिने काम भइरहेको उनले बताए । मन्त्रालयले अहिले ७७ वटा जिल्लाका जिल्ला प्रशासन, लागूऔषध नियन्त्रण विभाग, नेपाल प्रहरीसँग समन्वय गरेर काम गरिरहेको उनको भनाई छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot