Logo

भागबण्डा नमिलेको भन्दै सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको निर्णय



काठमाडौं,९ साउन । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

सहमतिअनुसार मन्त्रालयमा भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिएको नाउपाले जनाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै अध्यक्ष रन्जिता श्रेष्ठले सो जानकारी गराएकी छन् । ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँदछौं’पत्रमा भनिएको छ।

यसअघि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी तयारी गरेको थियो। तर पूर्वसहमतिअनुसार मन्त्रालय नपाउने भएपछि मुख्यमन्त्रीलाई पत्र लेखेर सरकारमा सहभागी नहुने जानकारी गराएको पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष श्रेष्ठ भने केन्द्र सरकारमा भूमि व्यवस्था तथा सहकारीमन्त्री रहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्