Logo

एनआरएनए जापान आइसीसी सदस्यमा सुमन कार्कीको उम्मेदवारी दर्ता



काठमाडौं, ९ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को सदस्यमा जापानबाट युवा व्यवसायी सुमन कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२३-२०२५ का लागि सदस्य पदमा जापानबाट युवा व्यवसायी कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपालमा लामो समय व्यवसाय गरेर जापान गएका कार्की जापानमा पनि सफलतापूर्वक आफ्नो व्यवसाय चलाइरहेका छन् । व्यवसायिक जीवनसँगै सामाजिक कार्यमा समेत जोडिएर काम गर्दै आएका उनले एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

एनआरएनए जापानको ११ औँ राष्ट्रिय महाधिवेशन जुलाई ३० तारिखमा हुँदैछ । सोही महाधिवेशनबाट कार्की एनआरएनए आइसीसी सदस्य पदमा निर्वाचित हुने तयारीमा छन् ।

छ जनाको आइसीसी सदस्यका लागि सुमन कार्कीसहित बिष्णुप्रसाद घिमिरे, बाबुराम खरेल, विजेश थकाली, छत्रबहादुर दाहाल, कृष्ण केसी (थम्मन खत्री), राम थापा (अनिल), श्रीभक्त गुरुङ र विकास श्रेष्ठ गरी ९ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

उम्मेदवारहरुको विरुद्दमा दाबी विरोध र उम्मेदवारी फिर्ता लिनको लागि जुलाई २६ तारिखसम्मको अवधि तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot