Logo

सुन तस्करी प्रकरण: एमालेले सदनबाटै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने



काठमाडौं,१० साउन । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बरामाद भएको एक क्विन्टल सुनको बारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको जवाफ माग्ने भएको छ ।

आजको बैठकमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको हो ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्विन्टल सुन बरादम गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्