Logo

एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौं,१० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

दिउँसो १ बजे बस्ने संसद बैठकमा उठाउने एजेण्डाको बारेमा छलफल गर्न एमालेले बैठक बोलाएको हो ।

साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट करिब एक क्विन्टल सुन अवैध रुपमा आयात भएको विषयमा पार्टीको थप धारणा तय गर्न एमालेले संसदीय दलको बैठक पनि डाकेको हो ।

संसदीय दलको बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बस्नेछ ।

एमालेले उक्त घटनाको बारेमा नैतिक जिम्मेवारी लिँदै अर्थ र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्